इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै | Khabarhub Khabarhub

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको छ ।

आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन लिएको छ । “हामीले आयोजनालाई ग्रिडमा जोड्नका लागि निवेदन दिइसकेका छौँ”, नेपालले भने “यसका लागि प्राधिकरणले तयारी अघि बढाएको जानकारी पाएका छौँ ।” आगामी हप्ता ९.९ मेगावाटको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपालको विश्वास छ ।

विसं २०७३ मङ्सिरमा निर्माण शुरु भएको यो आयोजना २०७५ मङ्सिरमै पूरा हुनुपर्ने प्राधिकरणसँगको सम्झौता थियो । तर आयोजना जोडिने नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आफूहरूले निरन्तर काम गर्न नसकेको प्रबन्धक नेपालको भनाइ छ ।

“हामीलाई निर्धारित समयमा काम पूरा गर्न कुनै समस्या थिएन । तर विद्युत् जडान गर्ने ग्रिड निर्माण नहुँदा काममा ढिलाइ गर्नुपर्‍यो”, नेपालले भने । काबेली करिडोरको तेस्रो खण्डसमेत निर्माण पूरा भई परीक्षण भइरहेकाले परीक्षण सकिनेबित्तिकै आयोजना करिडोरमा जोडिने प्रबन्धक नेपालले बताए। यो आयोजना काबेली करिडोरको पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको दुवीचौरमा रहेको सवस्टेशनमा जोडिनेछ ।

आयोजनाले वर्षायामको ६ महीना १० मेगावाटसम्म तथा हिउँदका केही महीना ३.५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने प्रबन्धक नेपालले जानकारी दिए ।

इवाखोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाको सिमाना भएर बहने इवाखोलाको बायाँ किनारामा निर्माण सम्पन्न भएको हो । यो आयोजना पाँचथरको साविक थर्पु गाविस तथा ताप्लेजुङको साविक साब्लाखु गाविसमा अवस्थित छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : २४ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि