इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै « Khabarhub

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको छ ।

आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन लिएको छ । “हामीले आयोजनालाई ग्रिडमा जोड्नका लागि निवेदन दिइसकेका छौँ”, नेपालले भने “यसका लागि प्राधिकरणले तयारी अघि बढाएको जानकारी पाएका छौँ ।” आगामी हप्ता ९.९ मेगावाटको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपालको विश्वास छ ।

विसं २०७३ मङ्सिरमा निर्माण शुरु भएको यो आयोजना २०७५ मङ्सिरमै पूरा हुनुपर्ने प्राधिकरणसँगको सम्झौता थियो । तर आयोजना जोडिने नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आफूहरूले निरन्तर काम गर्न नसकेको प्रबन्धक नेपालको भनाइ छ ।

“हामीलाई निर्धारित समयमा काम पूरा गर्न कुनै समस्या थिएन । तर विद्युत् जडान गर्ने ग्रिड निर्माण नहुँदा काममा ढिलाइ गर्नुपर्‍यो”, नेपालले भने । काबेली करिडोरको तेस्रो खण्डसमेत निर्माण पूरा भई परीक्षण भइरहेकाले परीक्षण सकिनेबित्तिकै आयोजना करिडोरमा जोडिने प्रबन्धक नेपालले बताए। यो आयोजना काबेली करिडोरको पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको दुवीचौरमा रहेको सवस्टेशनमा जोडिनेछ ।

आयोजनाले वर्षायामको ६ महीना १० मेगावाटसम्म तथा हिउँदका केही महीना ३.५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने प्रबन्धक नेपालले जानकारी दिए ।

इवाखोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाको सिमाना भएर बहने इवाखोलाको बायाँ किनारामा निर्माण सम्पन्न भएको हो । यो आयोजना पाँचथरको साविक थर्पु गाविस तथा ताप्लेजुङको साविक साब्लाखु गाविसमा अवस्थित छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : २४ बजे

आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

राजनीतिक प्रतिशोध साँध्ने अखडा नबनोस् संसद्

नेपालको संसदीय इतिहासमा २०८२ को निर्वाचन एउटा कोशेढुङ्गा सावित भयो