शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव | Khabarhub Khabarhub

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् ।

मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको अभाव सँगै उपचार बिना कोई कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

स्वास्थ्य सेवा मौलिक हकको रुपमा राज्यले स्थापित गरेको हुँदा नागरिकलाई सर्वसुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागिपरेको उनले बताए।

मन्त्री यादवले प्रादेशिक अस्पताल कलैयालाई ५० बाट एक सय बेडको अस्पताल बनाउने भन्दै यस अस्पतालमा थप जनशतिm, विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाए। राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै यो सरकार स्थिर रही अर्थतन्त्रलाई सुधार गर्ने उनले दाबी गरे ।

मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल कलैया एकाई समितिका अध्यक्ष फुल महम्द अन्सारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल मधेस प्रदेशका अध्यक्ष शिवशङ्करप्रसाद यादव, प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष सुशील चौँलागाई, अस्पतालका प्रमुख डा अजय गुप्तालगायतले विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : २५ बजे

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने