वर्षात्को पानी संकलन र व्यवस्थापन आवश्यक : मन्त्री बस्नेत « Khabarhub

वर्षात्को पानी संकलन र व्यवस्थापन आवश्यक : मन्त्री बस्नेत


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले वर्षात्को पानी संकलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका छन् । 

आजदेखि ललितपुरमा सुरु ‘वर्षात्को पानी संकलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी संकलन र व्यवस्थापन आवश्यक छ ।’

उनले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताए। 

उनले भने, ‘पानीको सहज उपलब्धता हुनुपर्नेमा दिगो विकासका लक्ष्यले जोड दिएको छ । पानीको उपलब्धता बढाउन वर्षात्को पानी संकलन र व्यवस्थापनमा जोड दिनुपर्छ ।’

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालि र नेदरल्याण्ड्स विकास नियोग संस्था (एसएनभी) नेपालको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा सम्मेलन सुरु भएको हो । सम्मेलन भोलिसम्म चल्नेछ 

सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ छन् । 

युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नगर विकास कोष, बायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भाएरोमेन्ट  र बेष्ट पानीलगायत संघसंस्थाले सम्मेलनलाई सहयोग गरेका छन् ।

जलवायु परिवर्तनको असरले पानीको अभाव हुनसक्ने भन्दै समयमै समस्याको पहिचान र समाधानमा लाग्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए। उनले पानी स्रोत संरक्षणमा पनि  जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

‘नेपालमा आकाशे पानी संकलन र व्यवस्थापनको राम्रो सम्भावना छ । पानीको संकटनिम्तिएमा मानव समुदाय, कृषि, तथा जैविक विविधता संरक्षणमा ठूलो असर पुग्छ’, उनले भने, ‘पानी अभावले हुनसक्ने सम्भावित जोखिम र असरबाट जोखिन सबैको पहल आवश्यक छ ।’

त्यसअवसरमा पूर्वमन्त्री गणेश साहले पानीको स्रोत संरक्षण, व्यवस्थापन तथा आकाशे पानी संकलन व्यवस्थापनमा जोड दिए । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : १३ बजे

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का

एकीकृत समाजवादीका भवानी खापुङ सिङ्गो टिमसहित एमालेमा प्रवेश

ह्रथुम– पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको