जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा हुने « Khabarhub

जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा हुने


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जुम्ला – पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेदेखि सञ्चालन हुने जानकारी दिए ।

उनले भने, “ ४९ किलोमिटर लामो सो प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागी हुने छन् ।” अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो । यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो ।

कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन सकेनन् । समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन जिल्लाको डाँफे लेक, चुच्चेमारा लेक हुँदै दुई हजार आठ सय ९० मिटरको उचाइमा रहेको रारातालको छेउमा पुगेर खेल समाप्त हुने क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घण्टामा पार गर्छन् । अनुमानित एक हजार बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा राखिएको छ । ४९ किमीतर्फ प्रथम हुने धावकलाई एक लाख, दोस्रो हुने धावकलाई ७५ हजार, तेस्रो हुने धावकलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुने धावकलाई २० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट १० खेलाडी थप पुरस्कृत गरिनेछ । म्याराथन सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुने सार्कका धावकहरुले १४ हजार पाँच सय, अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई सात हजार आवेदन शुल्क तोकिएको क्लबले जनाएको छ । जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी ,ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता हुने क्लबले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : २८ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन