आज २०८० साल चैत ६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ६ गते मंगलबारको राशिफल


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ६ गते मंगलबार तदनुसार सन् २०२४ मार्च १९ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ । शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ । परिवारको माया प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : समय राम्रो छ । शेयरमा लगानी भए फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारबाट रचनात्मक साथ र सहयोग मिल्नेछ ।

मिथुन : दैनिकी राम्रो छ । नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ । धर्ममा मन जानेछ । साथी सकारात्मक छन् । लगानीका क्षेत्रबाट घाटा हुनेछन् । परिवारको साथ र सहयोग रहनेछ ।

कर्कट : दैनिकी राम्रो छ । भविष्य बनाउने योजना बनाउने दिन छ । अरुलाई प्राथमिकता दिँदा आफू ओझेलमा पर्ने जोखिम हुन्छ । परोपकारको मौका मिल्नेछ । परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

सिंह : आजको दैनिकी राम्रो छ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। उचाइमा पुगँे भनेर धरातल बिर्सनु हुँदैन । परिवारको माया निरन्तर प्राप्त हुनेछ ।

कन्या : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । समस्या विस्तारै किनारा लाग्नेछन् । शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आजको दिन राम्रो छ । आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ । खानपानका कारण स्वास्थ्यमा गढबढी हुनसक्छ । नियमित खाइरहेको औषधी नछुटाउनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ । परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ ।

वृश्चिक : दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ । गलत नियतले पछ्याउनेहरु कमजोर बन्नेछन् । श्रमको मूल्य प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीबाट मन उत्साहित हुनेछ। परोपकार गर्ने मौका मिल्नेछ । शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ । आफन्त र परिवारको साथ रहनेछ ।

मकर : दिन सामान्य छ । ठुलो योजना नबनाएकै राम्रो हुन्छ । अरुले गल्ती गरे पनि दोष तपाईंमाथि नै आइलाग्न सक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ । परिवारमा विचारको द्वन्द्व हुने खतरा छ ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ । जन्मकुण्डलीमा शनि नकारात्मक भए त्यत्ति राम्रो हुँदैन नत्र दिन राम्रो बन्नेछ । आर्थिक र सामाजिक क्षेत्र अब्बल छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ ।

मीन : समय राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको लगानी र यात्रा भए सचेत हुनुपर्ने दिन छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ०८ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ