कांग्रेस नेताको प्रश्न– पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट किन हटाउने ? « Khabarhub

कांग्रेस नेताको प्रश्न– पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट किन हटाउने ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने भनि दिएको चेतावनीलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ‘सानो चित्त गर्न नहुने’ भनि टिप्पणी गरेका छन् ।

कांग्रेसभित्र गणतन्त्रवादी नेताको रूपमा चिनिने तत्कालीन गृहमन्त्री सिटौलाका अनुसार पूर्वराष्ट्र प्रमुखको रूपमा आवासको प्रबन्ध सरकारले गर्नुपर्ने मान्यताका आधारमा उक्त निर्णय गरिएको भन्दै सानो चित्त गर्न नहुने टिप्पणी गरेका हुन् ।

संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूर्वराजाको निम्ति नागार्जुन दरबार आवासको रूपमा दिने निर्णय गरेको थियो।

सरकारले तत्कालै त्यस्तो निर्णय गर्ला जस्तो आफूलाई नलागेको नेता सिटौलाले बताएको बीबीसी नेपालीले जनाएको छ । उनले प्रश्न गरे–नागार्जुन दरबारबाटै हटाइहाल्नुपर्ने स्थिति किन पर्‍यो होला र ?

सिटौला भन्छन्, “पूर्वराजा ज्ञानेन्द्र अन्तिम राजा, उहाँलाई पूर्वराष्ट्राध्यको हैसियतमा दिनुपर्ने सम्मान र सुरक्षा दिनुपर्छ। त्यो नैतिक कर्तव्य हो। त्यसैले यसमा धेरै सानो चित्त कसैले गर्नुपर्छ जस्तो लाग्दैन।”

पूर्वराजा संवैधानिक व्यवस्था अन्तर्गत बस्नुपर्ने र राजनीतिक स्थिरतामा उनले योगदान दिनुपर्ने सिटौलाको भनाइ छ । यदि उनले संविधानविपरीत गतिविधि गरेको सरकारको ठम्याइ भए त्यो गम्भीर विषय हुने र त्यसमा विपक्षी दलसँग परामर्श हुनुपर्ने सिटौलाले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ३९ बजे

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र