नेपाली महिला क्रिकेटकी पहिलो कप्तान नेरीले लिइन् सन्यास « Khabarhub

नेपाली महिला क्रिकेटकी पहिलो कप्तान नेरीले लिइन् सन्यास


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छिन् । उनले क्रिकेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँकी थापाले झण्डै १७ वर्ष क्रिकेट खेलेकी थिइन् । थापाका प्रशिक्षक दीपेन्द्रप्रताप सिंहले उनले महिला क्रिकेटको माध्यमबाट नेपाललाई चिनाएको बताए । “नेरीले क्रिकेटमा अझै राम्रो गर्नसक्ने सम्भावना थियो”, उनले भने ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले खेलाडीले निश्चित समयमा अवकाश लिनु सामान्य भएको बताए । “आफूले सिकेको सीपलाई नेरीले नयाँ पुस्तालाई हस्तातरण गर्नुपर्छ”, उनले भने ।

खेलकुद पत्रकार एवं क्रिएटिभस् ह्याण्डका संस्थापक अध्यक्ष टिएस ठकुरीले नेपालको महिला क्रिकेटमा नेरीको महत्वपूर्ण योगदान रहेको बताए ।

सन् २००७ मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइलैण्डविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दा नेरी नेपाली टोलीको कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले सन् २००८ र सन् २०१० मा एसिसी यु–१९ वुमन च्याम्पिएनसीपको उपाधि जितेको थियो । पछिल्लो समय नेरीले एपिएफ क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ४७ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी