पाकिस्तानका राष्ट्रपति जरदारीकी छोरी आसिफा राजनीतिमा प्रवेश « Khabarhub

पाकिस्तानका राष्ट्रपति जरदारीकी छोरी आसिफा राजनीतिमा प्रवेश


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छन्। 

राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेकी हुन् । 

सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतबार उम्मेदवारी दर्ता गराएकी छन् । 

आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेश गरिन् । आसिफा पति नवाबशाहस्थित निर्वाचन अधिकारीको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएकी हुन् । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा जिजयी भएका थिए । उनी राष्ट्रपति भएपछि उहाँले जितेको निर्वाचन क्षेत्र खाली हुन पुगेको छ । 

राष्ट्रपति जरदारीले आसिफालाई देशको प्रथम महिला नियुक्त गर्ने अनुमान गरिएको एआरवाई न्यूजले पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यदि, असिफालाई प्रथम महिला घोषित गरिएमा विशेष गरी परम्परागत रूपमा राष्ट्रपतिको पत्नीलाई दिने गरिएको प्रथम महिलाको सम्मान पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी छोरीलाई दिइने छ । 

पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ४१ बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

काठमाडौं– सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल