नेपालीको हत्या गर्न भारतीय समूहबाट परिचालित तीन जना पक्राउ | Khabarhub Khabarhub

नेपालीको हत्या गर्न भारतीय समूहबाट परिचालित तीन जना पक्राउ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले एक नेपालीको हत्या गर्न भारतीय नागरिकबाट परिचालित तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगर ८ मा बस्दै आएका जितेन्द्र रायको हत्या गर्न भारतीयबाट परिचालित भएका सर्लाहीका हरिनारायण झा र भारत सीतामढी बस्ने राकेश झा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु तीन महिनादेखि रायको हत्याका लागि परिचालित भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोरङका डीएसपी राजकुमार खिउजुका अनुसार रायलाई मार्ने उद्देश्यले नेपाल आएका भारतीय नागरिक कुनाल कुमारलाई गत जेठ २७ मा दुई थान स्वचालित पेस्तोलसहित पक्राउ गरिएको थियो।

सो क्रममा चार थान म्यागजिन र आठ राउन्ड गोली समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले नै रायको हत्या गर्ने योजनाअनुसार हरिनारायण झा र राकेश झालाई परिचालन गरेको डीएसपी खिउजुले बताए। पक्राउ परेका तीनैजनाविरुद्ध हातहतियार तथा खर खजाना ऐन तथा संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : ४४ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको