सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति « Khabarhub

सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र सहकारीका बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति भएको छ । 

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र अभियानबीच भएको वार्ताका क्रममा ८ बुँदे सहमति भएको हो । दुईपक्षबीच समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण अनुगमन गर्ने र समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्न सिफारिस गर्नका लागि अधिकार सम्पन्न समिति गठन गर्ने सहमति भएको छ । 

समितिको सिफारिसमा त्यस्ता सहकारी संस्थाहरूलाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरि एकद्वार प्रणाली मार्फत त्यस्ता सहकारीको सम्पत्ति र दायित्व फरफारक गरि बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्व थालनी गर्ने सहमति भएको छ । 

मौजुदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति स्रोत साधन लगायत संस्थागत क्षमताको सुदृढीकरण गरि यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारवाही यथाशीघ्र सम्पन्न गर्ने सहमति भएको छ भने समितिको सिफारिसमा सहकारी ऐन बमोजिम कसुर गर्ने सहकारीका सञ्चालक, व्यवस्था र संलग्न कर्मचारीहरूलाई कानून बमोजिम तत्काल कारवाहीको दायरामा ल्याउने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई सुदृढ गर्न आवश्यक कानून बनाइने र सहमतिलाई कार्यान्वयनमा जोड दिने बताए ।

त्यस्तै सहकारीक्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने गरि राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने सहमति भएको छ । सहमति भएसँगै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको तर्फबाट हालसम्म सञ्चालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ६ : ०८ बजे

काठमाडौं महानगरका पूर्वप्रमुख शाहको कोठामा चोरी गर्ने तीन पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा

जेन-जीका मुद्दा र मागहरूको समर्थन नेकपाबाहेक अरूले गर्दैनन : प्रचण्ड

काठमाडौं- संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई

पन्ध्र सालदेखि ०७९ सम्मका घोषणा पत्रमा कसरी फेरिए कांग्रेसका एजेन्डा ?

काठमाडौं– ००७ सालमा प्रजातन्त्र स्थापना भएपछि ०१५ सालमा भएको पहिलो

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ

मस्को– रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली