मेडिकल काउन्सिलका प्रतिनिधिलाई गृहमन्त्रीको प्रश्न : हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पतालमा कसरी ?   | Khabarhub Khabarhub

मेडिकल काउन्सिलका प्रतिनिधिलाई गृहमन्त्रीको प्रश्न : हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पतालमा कसरी ?  


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई जमानीमा छाडेर अस्पताल लगिएपछि लामिछानेले काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी सोधपुछ गरेका हुन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव समेत मागेको सचिवालयको भनाइ छ ।

शुक्रबार भएको छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे ।

यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्ने बताइएको छ ।

गृहमन्त्रीसँगको छलफल पछि सहभागी काउन्सिलका सदस्य डा कुञ्जसङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए ।

छलफलमा डा शेर्पासहित काउन्सिलका सदस्यहरू डा रूपक घिमिरे, डा प्रणयरत्न शाक्य र डा कालुसिंह खत्री सहभागी थिए।

यो पनि- 

गृहको सर्कुलरले उब्जाएको प्रश्न : अब सरकारलाई ‘चोर’ भन्न पाइँदैन ?

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ४५ बजे

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’

काठमाडौं – चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा