होली पश्चात् पौडी खेल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता « Khabarhub

होली पश्चात् पौडी खेल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

८ वर्षीय चोलकचन्द्र मगर,७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर कोसीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले  जानकारी दिए ।

होली पश्चात् साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला कोसी नदीमा उनीहरू डुबेर  बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए ।

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले कोसी नदीबाट उद्धार गरेको १४ नम्बरको वडाध्यक्ष हेमराज मगरले जनाकारी दिएका छन् ।

बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको छ। आइतबार अपराह्न ३ बजे बालबालिकाहरू धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : २९ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन