सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा « Khabarhub

सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

तेहरान– सोमालियाले इरानमा थुनामा रहेका ३३ जना इरानी मछुवा र डुङ्गा चालकलाई रिहा गरेको सरकारी समाचार संस्था इरनाले आइतबार जनाएको छ ।

केन्याका लागि इरानका राजदूत अली घोलमपुरले रिहा भएका इरानीहरूलाई आफ्नो देशमा स्थानान्तरण गर्न लागिएको जानकारी दिँदै सोमालियाका अधिकारीहरूले वर्षौँको कूटनीतिक गतिरोधपछि इरानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने प्रक्रियामा अघि बढ्न तत्परता व्यक्त गरेको बताए। 

घोलमपुरले सोमालियाले इरानी नाविक र मछुवाहरूको रिहाइले द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्न सकारात्मक वातावरण सिर्जना गर्न र इरान र सोमालियाबीच रचनात्मक अन्तरक्रिया र संवादका लागि मार्ग प्रशस्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘दुबै पक्षको एजेन्डामा प्राथमिकताहरू मध्ये एक मत्स्य सहयोग सम्झौताको मस्यौदा गर्नु हो जसले द्विपक्षीय हितको रक्षा गर्न सक्छ र सोमालियाद्वारा इरानी माछा मार्ने जहाजहरूको कब्जाको पुनरावृत्ति रोक्न सक्छ ।’

इरानका अनुसार सन् २०२३ को ग्रीष्मऋतुमा सोमालियाले इरानीहरूलाई वैध अनुमतिबिना हिन्द महासागरमा काम गरेको आरोपमा पक्राउ गरेको थियो र पछि उनीहरूलाई ६ वर्षको जेल सजाय र लाखौं अमेरिकी डलर जरिवानाको सजाय सुनाएको थियो ।

सन् २०१६ मा ‘सोमालियाको आन्तरिक मामिलामा इरानको निरन्तर हस्तक्षेप’ को कारण देखाउँदै सोमालियाले इरानसँग सम्बन्ध तोडेको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : २० बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी