चुकन्दर खानुभएको छ ? यसका फाइदा जानिराख्नुहोस् « Khabarhub

चुकन्दर खानुभएको छ ? यसका फाइदा जानिराख्नुहोस्


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिटरुट अर्थात् चुकन्दर  स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडसभेटासायनिन हुन्छ ।

भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र हृदयाघातको जोखिम हुन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ ।

चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । साथै गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यामा छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ ।  शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा  पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।

 चुकन्दर खाँदाका फाइदाहरू
– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ ।
– चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस बनाउँछ ।
– यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।
– शरीरमा अक्सिजनको वृद्धि भई मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउँछ ।
– चुकन्दरले अल्जाईमर हुनबाट बचाउँछ ।
– चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेट सफा हुन्छ ।
– चुकन्दर खाँदा रक्तचाप नियन्त्रण हुन्छ ।
– हृदयघातको जोखिमबाट बचाउँछ ।
– चुकन्दरमा कुनै प्रकारको क्यालोरी हुँदैन । जसले शरीरको तौल सन्तुलन गर्न मद्दत गर्छ ।
– शरीरमा रगतको कमी हुन दिँदैन ।
– रक्त अल्पता हुनबाट बचाउँछ।
– गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : १० बजे

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी

एजेन्सी– पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने

अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी

पोर्ट अफ स्पेन– ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम र चितवनको प्रतिस्पर्धा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको

सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र ईशान आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स