‘महाजात्रा’ हेरेपछि ओलीले भने- १० मा साढे ९ दिन्छु  « Khabarhub

‘महाजात्रा’ हेरेपछि ओलीले भने- १० मा साढे ९ दिन्छु 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि सोमबार प्रतिक्रिया दिने क्रममा उनले १० मा ९ दशमलव ५ नम्बर दिने बताए । 

अध्यक्ष ओलीले भने,  ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ । पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्न अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् ।’

फिल्म हेर्न ओली एमालेका ४० जना नेताको समूह लिएर सिनेमा घर पुगेका थिए । पत्नी राधिका शाक्यसहित ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका नेता सहभागी थिए ।  

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित नेताको निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ ले दर्शकबाट राम्रो साथ पाएको छ ।

यो पनि…

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार

‘महाजात्रा’ हेरेपछि रमिला भन्छिन्– ‘श्रीमानले पिटाइ खाएको देख्दा दुःख लाग्यो’

निर्देशक प्रदीप: महजोडीको ‘ब्याकबोन’

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ४२ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि