मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै | Khabarhub Khabarhub

मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो।

मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण (नापजाँच) गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो । 

सडक डिभिजनका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङबजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ । हेलिप्याड बजार प्रवेशद्वारदेखि गत बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिए। सर्वेक्षणको काम सम्पन्न भएपछि प्रतिवेदन तयार पार्ने र सडक डिभिजनलाई बुझाइने उनले बताए।

राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको उनले बताए । सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तरवृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने उनले बताए । राजमार्ग स्तरवृद्धि तत्काल गराउने गरी फुङ्लिङ नगरपालिकाले पनि पहल गरिरहेको उनको भनाइ छ ।

राजमार्ग स्तरवृद्धि गर्ने योजनाअनुसार नै फुङ्लिङ बजारभित्र सडक मापदण्ड विपरीतका संरचना यसअघि नै भत्काइएका छन् । सडक डिभिजन कार्यालयले नगरपालिकाको सहयोगमा सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका घर, टहरालगायत संरचना भत्काइएका हुन् । सडकको दायाँबायाँ १५-१५ गरेर ३० मिटर कायम हुने गरी सडक मापदण्डभित्र बनाइएका संरचना हटाइने सडक डिभिजन कार्यालयको योजना थियो । 

सडक डिभिजनको उक्त योजना भए पनि फुङ्लिङ नगरपालिकाको समन्वयमा तत्कालका लागि सडकको दायाँबायाँ साढे सात मिटरका दरले १५ मिटर कायम हुने गरी मापदण्डभित्र निर्माण भएका संरचना हटाइएका छन् । 

सडक फराकिलो बनाउने गरी संरचना हटाइएपछि चाँडै राजमार्ग स्तरवृद्धि तथा स्तरोन्नतिको काम थाल्नुपर्ने स्थानीयले आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ४३ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको