श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज « Khabarhub

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । 

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओकेनाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको  प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिए। योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध  छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।

श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । 

सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ११ बजे

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

भोजपुर– जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र

सुनको मूल्य ६ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा