अहिले बामपन्थी एकता हुन सक्दैन : ओली | Khabarhub Khabarhub

अहिले बामपन्थी एकता हुन सक्दैन : ओली


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोश्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने भन्दै बामपन्थी एकता हुन नसक्ने बताए ।

 आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकतावद्ध गरेको स्मरण गर्दै केही मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उनले बताए ।

ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केही व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राखे । एमालेलाई मजबुत बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उनले बताए ।

त्यस्तै ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।  

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ५४ बजे

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा

मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ : महासचिव पोखरेल

राँझा–  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई