मेयर हमालकी छोरी आरती आइन् सम्पर्कमा  « Khabarhub

मेयर हमालकी छोरी आरती आइन् सम्पर्कमा 


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिएकी छन् । 

छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् । आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । 

केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले हिजो खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए।

हमालले लेखेका छन्-

सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु। खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने