कसरी बन्ने सबैभन्दा उत्कृष्ट सेल्सम्यान ? | Khabarhub Khabarhub

कसरी बन्ने सबैभन्दा उत्कृष्ट सेल्सम्यान ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, बिक्री (सेल) गर्नु पनि एक प्रकारको कला नै हो । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेजस्तै यो थोरै हठी र थोरै धेर्यमा रहेर खेलिने ‘खेल’ पनि हो ।

मानिसहरु आफ्नो क्षमता प्रदर्शन गर्नका लागि ‘म तालु खुइलिएको मानिस (टक्लु)लाई पनि कांगियो बेच्न सक्छु’ भन्छन् । यो पनि एक आत्मविश्वास र उत्साह हो । आफूमा भएको कलालाई आत्मविश्वास र उत्साहका साथ प्रदर्शन गर्न सकियो भने तपाईंले होली सकिएको केही दिन पछि पनि आफ्ना ग्राहकहरुलाई रंग बेच्न सक्नुहुन्छ ।

विश्वमा चलेका जागिरमध्ये ‘सेल्सम्यान’को जागिर पनि एक उत्साहपूर्ण र आनन्ददायी मानिन्छ । तर, यसका लागि तपाईंमा केही उत्साह र धेरै मात्रामा धेर्ययता चाहिन्छ । आज हामी तपाईंलाई कसरी उत्कृष्ट सेल्सम्यान बन्ने भनेर केही टिप्स दिँदै छौं,

ग्राहकलाई महत्व दिनुहोस्

तपाईंले बिक्री गर्ने सामान कसैले किन किन्ने ? यसको उत्तर तपाईंले ग्राहकलाई स्पष्टसँग दिनुपर्छ । तपाईंले ग्राहकलाई यो विश्वास दिलाउनुपर्छ कि, जो सामान तपाईं बेचिरहनुभएको छ यसको उसलाई साँच्चिकै आवश्यकता छ ।

यस्तो अवस्था भनेको तपाईंले ग्राहकलाई धेरै नै महत्व दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा ग्राहकको व्यक्तिगत रुचीको विषयलाई ख्याल गर्नुपर्ने हुन्छ । कुनै व्यक्ति धेरै बोल्ने र धेरै बोलेको पनि सुन्ने खालका हुँदैनन् । यस्तो अवस्थामा तपाईंले थोरै शब्द मात्रै बोलेर ग्राहकको मन जित्न सक्नुपर्ने हुन्छ ।

ग्राहकप्रति सहानुभूति राख्नुहोस्

कुनै सामान बिक्री गर्दा यो जान्ने कोशिष गर्नुहोस् कि तपाईंका ग्राहकलाई वास्तमका कुन सामान चाहिएको छ, र किन चाहिएको छ ? यसका लागि तपाईंले आफ्ना ग्राहकलाई धेरै कुरा गर्ने समय दिनुपर्छ ।

ग्राहकको रुचीलाई चिन्नुहोस् । साथै उसले किन त्यो सामान किन्न चाहिरहेको छ भनेर पनि बुझ्ने प्रयास गर्नुहोस् ।

एक्सपर्ट (विज्ञ) पनि बन्नुहोस्

तपाईं कुनै जुसको पसलमा ‘सेल्सम्यान’ हुनुहुन्छ भने तपाईंको पसलमा भएका सबै जुसबारे तपाईंलाई जानकारी हुनुपर्छ । कुन–कुन देशमा बनेका कुन–कुन कम्पनीका जुस तपाईंको पसलमा छन् भन्ने विषयमा पनि तपाईंलाई जानकारी हुनु जरुरी हुन्छ ।

साथै तपाईंले जुसबारे केही जानकारी पनि हासिल गरेको हुनुपर्छ, जुसमा क्यालोरी कति छ ? कस्ता व्यक्तिलाई कति क्यालोरीको जुस राम्रो हुन्छ ? कति बेला जुस पिउँदा राम्रो हुन्छ ? यी सबै कुरामा तपाईंले ग्राहकलाई विज्ञले जस्तै सुझाव दिनुपर्ने हुन सक्छ ।

अन्य सामान बिक्री गर्दा पनि तपाईंले विज्ञले जस्तै भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ । साथै तपाईंले बेचेका सामानहरु कति समयसम्म टिक्छन्, केयर कसरी गर्ने ? भन्ने विषयमा पनि ग्राहकलाई जानकारी दिनुहोस् ।

सामान बेचिसकेपछि पनि ग्राहकलाई सम्पर्क गर्नुहोस्

यदि तपाईं साँच्चिकै एक असाधारण (उत्कृष्ट) सेल्सम्यान बन्न चाहनुहुन्छ भने यसका लागि तपाईंले धेरै पटक हदभन्दा अगाडि बढेर पनि काम गर्नुपर्ने हुन्छ ।

यसका लागि तपाईंले ग्राहकसँग नियमित सम्पर्क राख्ने गर्नुपर्ने हुन सक्छ । यदि कुनै ग्राहकले तपाईंबाट दैनिक प्रयोगका लागि आवश्यक पर्ने सामान खरिद गर्छ भने उसलाई पछि पनि त्यसको आवश्यकता पर्न सक्छ । यसका लागि तपाईंले आफ्ना ग्राहकलाई पछि पनि सम्पर्क गरेर उसको आवश्यकता र चाहनाबारे बुझ्न सक्नुहुनेछ ।

यदि तपाईंको कुनै ग्राहकले कुनै पार्टी आयोजना गर्दैछन्, कुनै सुभकार्य आयोजना गर्दैछन् भने उनका लागि सहयोगी पात्र बन्नुहोस्, आवश्यक पर्ने वस्तुहरु खरिदका लागि सल्लाह र सुझाव दिनुहोस् । यसले गर्दा तपाईंले ति ग्राहकबाट अरु धेरै फाइदा पनि लिन सक्नुहुनेछ ।

कामअनुसार लूक मन्टेन गर्नुहोस्

सामान्यतः सेल्सम्यान बन्नका लागि कुनै खास स्टाइलको आवश्यकता त हुँदैन । तर, कारको शोरुममा काम गर्ने सेल्सम्यान र गितार बेच्ने सेल्सम्यानको लूकमा केही भिन्नता त हुन्छ नै । यद्यपि तपाईंले आफू कसरी सभ्य, आकर्षक र मिलनसार देखिन सक्छु भन्ने कुराको भने सधैं ख्याल राख्नुपर्ने हुन सक्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ०९ बजे

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं– संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ

कोपा अमेरिका : ब्राजिलको फराकिलो जित

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन वृद्धि गरिन्छ : प्रधानमन्त्री

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग