जीबी राई कहाँ छन् ? आइजीपीलाई थाहा छ, तर…. « Khabarhub

जीबी राई कहाँ छन् ? आइजीपीलाई थाहा छ, तर….


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ ठगेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई अहिले कहाँ होलान् ? प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर यसबारे जानकार रहेछन् । तर, उनीसँग जीबी राईलाई नेपाल ल्याउन नसकिएको बाध्यता पनि रहेछ ।

आईजीपी कुँवर आफैंले बुधबार जीबी राई रहेको थात ठेगानाको खुलासा गरे । तर, उनलाई नेपाल ल्याउन नसकिएको कुँवरले सुनाए ।

राज्य व्यवस्था समितिको बैठकबाट बोलाइएका आइजीपी कुँवरले जीवी राई मलेसियामा रहेको खुलासा गरेका हुन् ।

आखिर अहिलेसम्म नेपाल किन ल्याइएन त ? सुनौं प्रहरी प्रमुखको भनाइ उनकै शब्दमा–

जहाँसम्म सूर्यदर्शन सहकारीको कुरा छ, यसमा अहिले पाँचजना मान्छे पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने १५ जना मान्छे फरार छन् । त्यसमध्ये जीबी राईको ईस्यु अलि उठेको छ । जीबी राईको इस्युको सन्दर्भमा हामी पनि सम्वेदनशील छौं । किनकि यो सबै ईस्युको मुख्य जड त्यही हो भन्ने लाग्छ ।

यस सन्दर्भमा हामीले डिफ्युजन नोटिस जारी ग¥यौं । रेडकर्नर नोटिस जारी ग¥यौं । सम्बन्धित पक्ष, काउन्टर पार्ट, अहिले मलेसियामा छ नै भन्छु । हामीसँग मलेसियासँग सुपुर्दर्गी सन्धी छैन । त्यो कन्डिसन छ ।

अहिलेको समस्या भनेको मुलुकी फौजदारी संहिताले सुपुर्दर्गी गर भन्छ । जबकि त्यो वैदेशिक अधिकार प्रयोग गर्नेदेखि मान्छे डिपोट गर्ने काम गर्छ । तर, त्यो नहुँदा नहुँदै पनि मलेसियन सरकारले सुपुर्दर्गी, डिपोटको हकमा एउटा ड्राफ्ट पठाऊ भन्यो । हामीले अनौपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत त्यहाँ पठायौं । तर, त्यो अहिले मन्त्रालयमा गएर बसेको छ ।

तर, यति हुुँदाहुँदै पनि मलेसियन सरकार अहिले बाध्य भएको छैन । रेडकर्नर नोटिस, सुपुर्दर्गी सन्धी सबै कुरा डिप्लोम्याटिक रुपमा हामीले प्रयोग गरेका छौं । त्यति गर्दा गर्दै पनि मलेसियन सरकार सहमत भएन भने ऊ बाध्य हुँदैन । इन्टरपोलले ब्रिजिङ मात्रै गर्ने हो, फिर्ता पठाउन सक्दैन । त्यसकारण यो जघन्यखालको फाइनान्सिलय अपराध भएको कारणले ऊ बाध्य नभएको होला भन्ने छ ।

अझै पनि हामी साइड बाई साईड मेरो तहबाट काम गर्दैछु । त्यहाँ सहकर्मी साथीहरु हुनुहुन्छ, त्यहाँ एम्बेसीले पनि लबिङ गरिराखेको छ । माननीय उपप्रधानमन्त्रीज्यू र पूर्वगृहमन्त्रीज्यूले पनि यसमा प्रयास गरिरहेको हामीलाई आभाष भएको छ ।

यो पनि- 

गफको अखडा बन्यो राज्य व्यवस्थाको बैठक

भिडियो–

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : १६ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल