बुबा कलाकार तर आफूलाई ‘स्टार किड’ मान्दैनन् साहिद | Khabarhub Khabarhub

बुबा कलाकार तर आफूलाई ‘स्टार किड’ मान्दैनन् साहिद


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा पछिल्लो समय ‘स्टार किड’ को दबदबा छ । पछिल्लो पुस्ताका कलाकारमा बरुण धमन, टाइगर श्रफ, अलिया भट्ट, अनन्या पाण्डेया जस्ता स्टार किडको बलिउडमा हाबी छन् ।

अभिनय र लुक्सले दर्शकमाझ आफूलाई प्रमाणित गरिसकेका नायक हुन् साहिद कपुर । उनीसँगै स्टार किडहरु हुन्– रणवीर कपुर, करिना कपुर, सोनाम कपुर । साहिदका बुबा पंकज कपुर पनि बलिउडकै कलाकार हुन्, तर उनी आफूलाई फिल्म उद्योगभन्दा बाहिरी परिवारबाट आएको भन्न रुचाउँछन् ।

बुबा अभिनेता भए पनि यसबाट कुनै फाइदा नपाएकाले आफू बाहिरबाट बलिउडमा आएको उनको तर्क छ । आफ्नो बुबा चरित्र कलाकार भएकाले समेत आफूले कुनै फाइदा लिन नपाएको उनको भनाइ छ ।

साहिद भन्छन्, ‘मानिसहरूले मलाई पंकज कपुरको छोरा हो भन्छन् । तर क्यारेक्टर आर्टिस्टमा कुनै शक्ति हुँदैन, स्टारहरूसँग मात्र हुन्छ। आफ्नो मान्छेलाई फिल्ममा राख्ने ठूला फिल्मका सुपरस्टार, निर्देशक र निर्मातासँग मात्र शक्ति हुन्छ ।’

नो फिल्टर नेहासँगको अन्तर्वार्तामा उनले आफ्नो बुबाआमाको सम्बन्धविच्छेद भएकाले पहिलो फिल्ममा अनुबन्ध भएपछि मात्रै बुबाले थाहा पाएको खुलासा गरे ।

उनले भने, ‘वास्तवमा म आफैँ बाहिरबाट आएको हुँ, किनभने म मेरी आमासँग दिल्लीबाट मुम्बई आएको हुँ । यहाँ मैले संघर्ष गरेँ। मसँग अर्को विकल्प थिएन । आफूले गरेको कामको कारणले गर्दा म आज यहाँसम्म आइपुगेको हुँ ।’

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ७ : ३० बजे

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण

चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ