शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण | Khabarhub Khabarhub

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

दुई सहसचिवको सरुवा

यसैबीच मन्त्रालयले शिक्षा सेवाका दुई सहसचिवको सरुवा गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा र आयोगमा उक्त भूमिकामा रहेका डा कमल पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।

 यसैगरी मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव केशवप्रसाद दाहाललाई तोकिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ७ : १९ बजे

कांग्रेस बैठकमा नेताहरूले उठाएका तीन ‘स’

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ – व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने

बालेनलाई लक्षित गर्दै सुनिताले भनिन् : आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ

काठमाडौं– ‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने