धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ बनाउने, यस्तो छ टिमअप « Khabarhub

धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ बनाउने, यस्तो छ टिमअप


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजसेवामा लागेपछि अभिनय क्षेत्रमा कमै सक्रिय धुर्मुस सुन्तलीको जोडी फिल्म निर्माणमा जुटेको छ । फिल्म बन्ने अनौपचारिक जानकारी पहिलेदेखि नै आइरहे पनि फिल्मको औपचारिक घोषणा बुधवार गरियो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । फिल्ममा रामबाबु गुरुङको निर्देशन रहनेछ ।

कुमार कट्टेल र दीपक आचार्यले कथा लेखेको यो फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, दीपक आचार्य, बसन्त भट्ट लगायतका कलाकारले अभिनय गर्नेछन् ।

निर्माण टिमले फिल्मको नाफामध्ये २० प्रतिशत कमाइ सामाजिक कार्यमा लगाउने जनाएको छ । सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने उनका भाइ फुर्पा लामाले पनि लगानी गर्नेछन् ।

चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वध्वनि रहनेछ ।

झण्डै ५ वर्षपछि धुर्मुस–सुन्तली फिल्ममा फर्किन लागेका हुन् । ३५ दिनको छायांकन सेडुअल बनाई निर्माण टिम भदौ ३ गतेदेखि फ्लोरमा उत्रिन लागेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  २ : २३ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत