सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज? « Khabarhub

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ ।

जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ११ : ५९ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६