आज २०८० साल चैत १७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १७ गते शनिबारको राशिफल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १७ गते शनिबार तदनुसार सन् २०२४ मार्च ३० तारिख। चैत कृष्ण पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : यात्रामा जोखिम देखिन्छ। खानपानमा ध्यान दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृष : नयाँ कामको सुरुवात हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो विज्ञता देखाउने दिन छ। राम्रो समाचार वा सन्देश सुन्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : भाग्यको उदय हुने दिन छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। साथीको सहयोग मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंह : कारोबार गर्दा ध्यान दिनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा झुक्याउने धेरै देखिन्छन्। मन चञ्चल हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कन्या : आर्थिक लाभ हुने योग छ। सोचेको काम बन्नेछ। योजना सफल हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : धार्मिक क्षेत्रमा मन जानेछ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। यात्रामा सचेत हुनु राम्रो हुन्छ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिक : सोचेको काम विस्तारै बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको मेहनतको फल प्राप्त होला। आफन्तको साथ र सहयोग प्राप्त होला। कामका लागि मेहनत गर्न भने छोड्नु हुनेछैन।

धनु : मन कमजोर हुनेछ। चिन्ताले भन्दा समस्याको समाधान आफै हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकर : श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। न्याय प्राप्त हुने दिन छ। साथीबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शुभकार्यको सुरुवात हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। नयाँ सवारीको खरिद हुने योग छ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : १८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक