आज २०८० साल चैत १७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत १७ गते शनिबारको राशिफल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १७ गते शनिबार तदनुसार सन् २०२४ मार्च ३० तारिख। चैत कृष्ण पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : यात्रामा जोखिम देखिन्छ। खानपानमा ध्यान दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृष : नयाँ कामको सुरुवात हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो विज्ञता देखाउने दिन छ। राम्रो समाचार वा सन्देश सुन्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : भाग्यको उदय हुने दिन छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। साथीको सहयोग मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंह : कारोबार गर्दा ध्यान दिनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा झुक्याउने धेरै देखिन्छन्। मन चञ्चल हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कन्या : आर्थिक लाभ हुने योग छ। सोचेको काम बन्नेछ। योजना सफल हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : धार्मिक क्षेत्रमा मन जानेछ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। यात्रामा सचेत हुनु राम्रो हुन्छ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिक : सोचेको काम विस्तारै बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको मेहनतको फल प्राप्त होला। आफन्तको साथ र सहयोग प्राप्त होला। कामका लागि मेहनत गर्न भने छोड्नु हुनेछैन।

धनु : मन कमजोर हुनेछ। चिन्ताले भन्दा समस्याको समाधान आफै हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकर : श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। न्याय प्राप्त हुने दिन छ। साथीबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शुभकार्यको सुरुवात हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। नयाँ सवारीको खरिद हुने योग छ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : १८ बजे

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने