फिलिपिन्सका पूर्वअर्थमन्त्री ओकाम्पो र नेपाली अर्थविद्‌बीच अनुभव आदानप्रदान | Khabarhub Khabarhub

फिलिपिन्सका पूर्वअर्थमन्त्री ओकाम्पो र नेपाली अर्थविद्‌बीच अनुभव आदानप्रदान


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सका पूर्वअर्थमन्त्री डा. रोबर्टो एफ डे ओकाम्पो र नेपाली अर्थतन्त्रका सरोकारावालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्स्टिच्यूट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)को आयोजनामा डा. ओकाम्पो र नेपाली अर्थतन्त्रका सरोकारवाला तथा विज्ञहरूबीच अनुभव आदानप्रदान तथा समसामयिक विषयमा छलफल भएको हो ।

कार्यक्रममा फिलिपिन्सका पूर्वअर्थमन्त्री डा. ओकाम्पोले सन् १९९७ मा एशियाली अर्थतन्त्रमा देखिएको समस्या, सो समस्याबाट प्राप्त अनुभव र तत्पश्चात केही देशहरूले लिएको नयाँ आर्थिक नीतिबारे धारणा राखे ।

उनले आफू फिलिपिन्सको अर्थमन्त्री हुँदा आर्थिक क्षेत्रमा देखिएको सङ्कट सम्बोधन गर्ने प्रयासस्वरूपः अगाडि बढाएका कर प्रणालीमा सुधार, निजी क्षेत्रको भूमिका र भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक–निजी–साझेदारी (पीपीपी)बारे अनुभव साझेदारी गरे । अर्थतन्त्रका सङ्कट न्यूनीकरण गर्न फिलिपिन्सले विभिन्न विदेशी संस्थाहरूसँग पनि साझेदारीको सफल प्रयास गरेको डा. ओकाम्पोले उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूमध्ये पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमुख्यसचिवद्वय विमल कोइराला र शंकरदास बैरागी, पूर्वगभर्नर डा. तिलक रावल, आइएसएसआरका अध्यक्ष डा. विश्वम्भर प्याकुरेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले कार्यक्रममा आफ्ना जिज्ञासा तथा विचारहरू राखेका थिए ।

नेपाली सहभागीहरूले डा. ओकाम्पोको अनुभव साझेदारीबाट आफूहरूलाई लाभ भएको प्रतिक्रिया दिएका थिए । डा. ओकाम्पोले हरेक देशमा आफ्ना विशेषताका समस्या र विशिष्ट सम्भावना हुने भन्दै त्यसलाई पहिचान गर्न आवश्यक रहेको बताए । अर्थतन्त्रलाई अघि बढाउन राज्यको प्राथमिक क्षेत्र र राष्ट्रिय स्वार्थबारे स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपालको सन्दर्भमा पर्यटन तथा खनिज लगायतका के विषय हुन सक्छन्, पहिचान गर्न आवश्यक हुन्छ,’ ओकाम्पोले भने । पछिल्लो समयमा फिलिपिन्समा पनि नेपालको जस्तै युवा शक्ति पलायनको समस्या बढ्दै गएको उनले उल्लेख गरे ।

आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले अतिथिहरूलाई स्वागत गरी कार्यक्रम आरम्भ गरेका थिए । अन्तरक्रिया कार्यक्रम सहजीकरण डा. विन्दुनाथ लोहनीले गरेका थिए ।

तस्बिरहरूः
 


 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ५३ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको