गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा | Khabarhub Khabarhub

गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरूको मुख्य आश्रयस्थल बनेको छ । यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन् । 

रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको बासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। उनका अनुसार दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा चीरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्दगोमायो महाचिल छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइने परियोजना अधिकृत पन्थीले बताए। उनका अनुसार नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन् ।

पन्छी संरक्षण सङ्घले गरेको चरा गणनाअनुसार रेसुङ्गा क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका परियोजना अधिकृत पन्थीले जानकारी दिए। जिल्लाका दुईवटा वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार दुवै क्षेत्रमा गरी तीन सय पाँच प्रजातिका चरा भेटिएका भन्दै यो सङ्ख्या नेपालमा पाइने प्रजातिमध्येको ३५ प्रतिशत रहेको उनले बताए।

विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन् । यो प्रजाति अति संकटापूर्ण अवस्थामा रहेकाले यसको बासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । 

पन्छी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वनजङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनसँग जोडिने काम गरिरहेको छ । 

गुल्मीलाई भविष्यमा चरा पर्यटकका रुपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग पुर्‍याउन रेसुङ्गा नगरपालिका सधैँ तयार रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । दुर्लभ प्रजातिका चरा संरक्षणका लागि  मुख्य चुनौतीका रुपमा बासस्थान, खानेपानीको अभाव रहेको उनको भनाइ छ ।

अतिरिक्त वन-डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायत कारणले दुर्लभ प्रजातिका चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : १८ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३