पीडितमैत्री कानून नभए टीआरसी विधेयक पारित हुँदैन : शेखर कोइराला « Khabarhub

पीडितमैत्री कानून नभए टीआरसी विधेयक पारित हुँदैन : शेखर कोइराला


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने बताएका छन् । उनले पीडित मैत्री कानून भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे ।

उनले गठबन्धन नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको दाबी छ । 

शनिबार काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६ औँ वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने समेत दाबी गरे । 

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरे मात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाको भनाइ थियो 

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे ।

उनले भने, ‘हामीहरू गठबन्धनमा जानुहुँदैन । जान्दैनौँ । अबदेखि हामी एक्लै चुनाव लड्छौँ भन्ने प्रण हामी गर्छौँ । ढुक्क हुनुहोस्-नेपाली काँग्रेस अब एक्लै चुनाव लड्छ ।’

नेता कोइरालाले पीडित मैत्री भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे ।

उनले भने–‘सत्य निरूपण तथा मेलमिलापमा नेपाली काँग्रेस लचिलो छ । एमाले अप्ठ्यारो भएको छ । र, त्यो टीआरसी विधेयक भन्छौँ हामी । त्यो पास भएन भने म त अफ्ठ्यारोमा पर्छु भन्ने लागेको हुन सक्छ उहाँलाई । अनि के गर्नु भयो भने एमाले सित त कुरा गर्नुभयो । नेपाली कांग्रेसले मानिहाल्छ भनी ठान्नुभयो । तर आज यही मञ्चबाट म भन्न चाहन्छु–नेपाली काँग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ०७ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ