आज २०८० साल चैत १८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १८ गते आइतबारको राशिफल


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८० साल चैत १८ गते आइतबार तदनुसार सन् २०२४ मार्च ३१ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : निर्णय गर्नुअघि विवेक प्रयोग गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृष : यात्रा सुखद् र रमाइलो हुनेछ। साथीबाट सहयोग मिल्नेछ। खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। व्यापार र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुन्छ।

मिथुन : सिर्जनात्मक बन्ने दिन छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। नयाँ साथीसँगको भेटले रमाइलो अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारको साथ प्राप्त हुनेछ।

कर्कट : यात्रा फलदायी हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध कसिलो हुने दिन छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

सिंह : शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा भने आलोचनाको जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ।

कन्या : परिश्रमको फल प्राप्त हुनेछ। कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला।

वृश्चिक : सम्भावनाका ढोका खुल्ने दिन छ। अवसर अगाडि देखेपछि मन खुशी हुनेछ। रमाइलो यात्राको योग छ। आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। परिवारको प्रेम निरन्तर रहनेछ।

धनु : तपाईंले गरेको कामको चर्चा हुनेछ। आफ्नो जिद्धिपनलाई कम गर्नु राम्रो हुन्छ। कर्मको फल प्राप्त गर्न सहज हुनेछ। बोलीको प्रभाव रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : रमाइलो यात्राको योग छ। यात्रामा भएको निर्णयले ठुलो फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। कामममा तपाईंको मूल्यांकन हुनेछ। परिवारको माया प्राप्त हुनेछ।

कुम्भ : विभिन्न अवसर प्राप्त हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

मीन : समय राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। झुक्याउने साथीसँग सचेत हुनुपर्छ। सहयोग गर्ने साथीको संख्या पनि उत्तिकै छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : १८ बजे

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल 

काठमाडौं– राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३-८४ का लागि नेपाल सरकारको

मुक्कुमलुङ/पाथीभरा केबलकार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सोमबार काठमाडौंको