कोभिडमा पौने तीन करोडको भ्रष्टाचार गरेको आरोप, ६ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

कोभिडमा पौने तीन करोडको भ्रष्टाचार गरेको आरोप, ६ जनाविरुद्ध मुद्दा दायर


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोभिड महामारीमा स्वास्थ्य सामग्री खरीद गर्दा पौने ३ करोड बराबरको भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेतासहित वायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा विपक्षीहरुले कोभिडको समयमा स्वास्थ्य सामग्री खरीद गर्दा २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बराबरको अनियमितता गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ५८ बजे

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ । 

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज – खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित