कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : साेबिता गौतम « Khabarhub

कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : साेबिता गौतम


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेबिता गौतमले जेलमा रहेका कैदीबन्दीले पोषणयुक्त खाना खान नपाएको बताएकी छिन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले कैदीबन्दीको मानवअधिकारको ख्याल नगरेको बताएकी हुन् । 

 ‘सरकारले कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराएको छैन ।’ उनले भनिन्,  ‘प्रत्येक दिन राज्यले बन्दीहरूलाई सातसय ग्राम चामल र ८० रुपैयाँ दिने गरेको छ । एकातिर राज्यलाई भार, अर्को बन्दी आफै उत्पादनशील हुन सकेका छैनन् । उनीहरूले पोषणयुक्त खाना खान पाएका छैनन् । पानीको अभावले कैदीमा छालासम्बन्धी रोग बढेको छ ।

 यस्तै उनले राज्यले  मानवअधिकारको न्यनतम आवश्यकता पुरा नगरेको आरोप लगाइन् । 

 उनले प्रश्न गरिन्,- ‘सरकारले ऐन कानुन बनाउँदा सबै सजाय जेलभित्र राख्ने बनाउने अनि जेलभित्र राख्दा आवश्यकता पनि पुरा गर्न नसक्ने हो भने राज्यको यो के नीति हो ? थुनामा बसेकालाई अनुत्पादनशील राज्यले बनाइरहेको छ ।’ 

जेलमा क्षमताभन्दा बढी कैदीबन्दी राखेको अवस्था छ । चारगुना भन्दा बढी राखिएको छ । कोही सजाय काटिरहेका छन् । कोही पुर्पक्षका लागि थुनामा छन् ।  

त्यहाँ सुधार गर्न लगिएकाहरु सुधारिएर आँउछन् वा आउदैनन् । उनीहरु डिप्रेसन भएर बसेका छन् । बाहिर निस्केर समाजमा पुर्नस्थापित गराउने राज्यको जुन उद्देश्य छ , त्यो पूर्ति होला भन्ने महसुस नभएको उनी बताउँछिन्। 

उनले  भनिन् ‘मुद्दामा पालो नआएर २० औ महिना जेलमा बस्नुपरेको छ । न्यायालयलाई प्रश्न गर्ने ? राज्यले कुल बजेटको एक प्रतिशत भन्दा कम बजेट छुट्याउँछ , त्यस न्यायलयलाई प्रश्न गर्ने ? न्यायलयलाई भात पकाउन एक मुठी चामल दिइएको छ । न्यायालयलाई बजेट बढाउनुपर्छ । ‘

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १ : ०२ बजे

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क