राजनैतिक स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : नेता कोइराला « Khabarhub

राजनैतिक स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : नेता कोइराला


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।

बिहीबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता डा. कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिए जस्तै मुलुकमा राजनैतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने र यसका लागि प्रयास जारी रहेको बताए ।

वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनैतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन आवश्यक रहको उनको भनाइ छ ।

फरक प्रसंगमा वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा पटक पटक सरकार परिवर्तनले जनतामा निराशा फैलिएको बताए । उनले संघिय सरकार मात्र नभई प्रदेश सरकार पनि पटक पटक परिवर्तन गर्न नहुने जिकिर गरे।

कोइरालाले कोशी प्रदेशको वर्तमान सरकार अझै अल्पमतमा नपरेको र विश्वासको मत लिनु नपर्ने संवैधानिक व्यवस्था भए पनि विश्वासको मत लिनु राम्रो हुने बताए ।

भिडियो हेर्नुहोस्.

https://www.facebook.com/khabarhubofficial/videos/943393247223219

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ३ : ४१ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका