इलाममा ४२२ मतदाता थपिए « Khabarhub

इलाममा ४२२ मतदाता थपिए

देशभर ८७ हजार ४१७ जना नयाँ मतदाता थपिए


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

इलाम- आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावका लागि निर्वाचन आयोगले मतदाता संख्या टुंगो लगाएको छ । बझाङको प्रदेशसभा उपचुनावका मतदाताको पनि संख्या टुंगो लागेको छ ।

निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा गत वर्षभन्दा ४२२ जना मतदाता थपिएका छन् । गत ०७९ को चुनावमा यस क्षेत्रमा १ लाख १५ हजार ४६७ जना मतदाता थिए ।
यसपटकको उपचुनावमा कुल मतदाता संख्या १ लाख १५ हजार ८८९ पुगेको छ ।

त्यस्तै बझाङको उपनिर्वाचनमा गतवर्षको भन्दा ६३८ जना मतदाता थपिएका छन् । बझाङको प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता कायम भएका छन् ।

यसैवीच निर्वाचन आयोगले ०८१ साल बैशाख १४ गते १८ वर्ष उमेर पुग्ने जनसंख्याका आधारमा देशभरिका मतदाताहरुको अन्तिम नामावली टुंगो लगाएको छ ।

आयोगका अनुसार ०७९ यता देशभरि ८७ हजार ४१७ जना नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार काठमाडौंलाई समेत उछिन्दै मोरङमा सबैभन्दा बढी मतदाता कायम भएका छन् । मोरङ जिल्लामा सबैभन्दा बढी अर्थात ७ लाख ३९ हजार ३९०  मतदाता कायम भएका छन् ।

मनाङ जिल्लामा सबैभन्दा कम ६ हजार ८४९ मतदाता कायम भएका छन् ।

यो पनि-
गृहमन्त्री रवि लामिछाने आज निर्वाचन आयोग जाँदै

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ०९ बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह