किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’ | Khabarhub Khabarhub

किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।

स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम बास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सुवासी जातको धानको प्रिमियम बास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य रु एक सय ७५ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए । ‘नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ’, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने।

किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ । मिलका बजार निर्देशक वसन्त ढुङ्गानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ बास्नादार चामल उत्पादन गरिएको बताए ।

मोरङको डाँगीहाटमा रु ५० करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ ।

किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ४३ बजे

अलैँची महासंघको उद्योग तथा कृषिमन्त्रीसँग भेट : समस्या समाधान गर्ने दुवै मन्त्रीको प्रतिबद्धता

काठमाडौं– नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते 

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह आगामी फागुन २३

प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा

चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक विमोचन

काठमाडौं– नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको

ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा   

काठमाडौं– सशस्त्र प्रहरीले करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४