किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’ « Khabarhub

किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ ।

स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम बास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सुवासी जातको धानको प्रिमियम बास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य रु एक सय ७५ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए । ‘नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ’, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने।

किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ । मिलका बजार निर्देशक वसन्त ढुङ्गानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ बास्नादार चामल उत्पादन गरिएको बताए ।

मोरङको डाँगीहाटमा रु ५० करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ ।

किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ४३ बजे

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय