चितवनमा खोरेतविरुद्धको खोप अभियान « Khabarhub

चितवनमा खोरेतविरुद्धको खोप अभियान


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो ।

अभियानअन्तर्गत पालिकाका  सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद  पौडेलले जानकारी दिए । अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई   खोप लगाइने पौडेलले जानकारी दिए । बाख्रालाई भने  भर्खरै पीपीआर रोगविरुद्धको खोप लगाएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनको भनाइ छ ।

पशु विकास अधिकृत पौडेलले खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने,  ज्वरो आउनेलगायत लक्षण देखिने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : २२ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य