मर्मत भएनन् मार्तडीका सोलार बत्ती « Khabarhub

मर्मत भएनन् मार्तडीका सोलार बत्ती


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका सोलार (स्यौर्य) बत्ती दुई वर्षदेखि मर्मत हुन सकेका छैनन् । बिग्रिएका सोलार बत्ती नगरपालिकाले मर्मत नगर्दा हाल प्रयोगविहीन अवस्थामा छन् । 

मार्तडी बजार क्षेत्रमा रातिको समयमा आवतजावतमा सहजताका लागि मालिका माध्यमिक विद्यालयदेखि जिल्ला अस्पताल, खुलामञ्चदेखि गौडाडिलसम्म र खुलामञ्चदेखि चैडिलसम्मको क्षेत्रमा सोलार बत्ती जडान गरिएका थिए । बिग्रेका बत्ती मर्मत गर्न नगरपालिकाले चासो देखाएको छैन । विसं २०७४ मा स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको हो ।  

‘रातिको समयमा दुर्घटनाको जोखिम  बढेको छ’, स्थानीय उर्मिला रोकायाले भने। मार्तडी बजारको सडकको छेउमा सोलार बत्ती निर्माण गर्ने अभियानसहित बडीमालिका नगरपालिकादेखि गौणडिल, लोकतान्त्रिक चोक हुँदै डिभिजन वन कार्यालय र  मालिका मन्दिरको चैतडिलसम्म सौर्यबत्ती जडान गरी प्रयोगमा ल्याएको थियो ।

सदरमुकाम मार्तडी बजारलाई सौर्यबत्तीले झिलीमिली र बजारको प्रत्येक ठाउँमा राख्ने भनिएका सिसी क्यामरा पालिकाको नीति तथा कार्यक्रममा मात्र सीमित छ । स्थानीय तहले सोलार बत्ती मर्मत कार्यमा ध्यान नदिएको स्थानीय हर्कबहादुर थापाले बताए । 

नगर उपप्रमुख नन्दा थापाले सोलार बत्ती मर्मतका लागि गत आर्थिक वर्षमा बजेट अभाव भएको बताए। उनले चालू आर्थिक वर्षभित्रै सोलार बत्ती मर्मत गरिने बताए। पालिकामा प्रमुख प्रशासकीय  अधिकृत केही समय अन्यत्र सरुवा हुँदा कामा बाधा पुगेको उपप्रमुख थापाको भनाइ छ । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : ५९ बजे

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६