अन्तर प्रदेश राष्ट्रिय खेलकुद आजदेखि | Khabarhub Khabarhub

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आजदेखि


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगिताको चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल भने हेटौँडास्थित गौरीटार रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगिताको समापन बैशाख १ गते हेटौँडाको गौरीटार रङ्गशालामा हुनेछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ३४ बजे

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न निर्वाचनको तयारीका सन्दर्भमा शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याल र

भारतका दर्शकले पनि हलमा हेर्न पाउने हिट फिल्म ‘ऊनको स्वीटर’

काठमाडौं – नवीन चौहान लेखन र निर्देशन रहेको फिल्म ‘ऊनको

नुवाकोटमा बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट– यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज

बिहारमा भाजपा नेतृत्वको एनडीएलाई प्रचण्ड बहुमत, नराम्रोसँग बढारियो महागठबन्धन

पटना- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक

आयोगलाई प्रधानमन्त्रीले भनिन्- मतदाता नामावली दर्ताको म्याद थपौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र