गाजा युद्धमा इजराइल जितबाट एक कदम टाढा छ : नेतान्याहु « Khabarhub

गाजा युद्धमा इजराइल जितबाट एक कदम टाढा छ : नेतान्याहु


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन् । उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे।

हमास लडाकूहरूले इजराइलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उनले भने, “हामी जितबाट एक कदम टाढा छौँ तर हामीले जुन मूल्य तिरेका छौँ त्यो दर्दनाक र हृदय विदारक छ ।”

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग कायरोमा युद्धविराम वार्ता पुनः सुरु हुने अपेक्षाबीच उनले भने, “बन्धकहरूको फिर्तीबिना कुनै युद्धविराम हुनेछैन, यस्तो हुनेछैन ।”

“इजराइल सम्झौताका लागि तयार छ, इजराइल आत्मसमर्पण गर्न तयार छैन”, उनले जोड दिँदै भने, “हमासलाई आफ्नो स्थिति कडा बनाउनका लागि बाध्य बनाउने गरी इजराइलमाथि अन्तर्राष्ट्रिय दबाब दिनुको सट्टा अन्तर्राष्ट्रिय समुदायको दबाब हमासविरुद्ध निर्देशित हुनुपर्छ, यसले बन्धकहरूको रिहाइलाई अगाडि बढाउने छ ।”

अप्रिल १ मा गाजामा भएको हवाई हमलामा अमेरिकास्थित खाद्य च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनका सात सहायताकर्मी मारिएपछि इजराइलले अन्तर्राष्ट्रिय आक्रोशको सामना गर्नुपरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेतान्याहुसँग टेलिफोनवार्तामा ‘तत्काल युद्धविराम’ को माग गर्दै इजराइललाई नागरिकहरूको हत्या कम गर्न तथा मानवीय स्थिति सुधार गर्न अमेरिकी समर्थनलाई सःशर्त बनाउने सङ्केत गरे ।

यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजराइलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाए । “जसले हामीलाई चोट पुर्याउँछ वा चोट पुर्याउने योजना बनाउँछ, हामी उसलाई चोट पुर्याउने छौँ, हामीले यो सिद्धान्तलाई प्रत्येक समय र हालका दिनमा व्यवहारमा ल्याएका छौँ”, उनले भने ।

इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ । इरानका नेताहरूले जवाफी कारवाहीको वाचा गरेका छन् र लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेता हसन नसरल्लाहले वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भनेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : २९ बजे

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत