पुष्पा २ को टिजर : काली माताको भेषमा ‘पुष्पा’  | Khabarhub Khabarhub

पुष्पा २ को टिजर : काली माताको भेषमा ‘पुष्पा’ 


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय नेता अल्लु अर्जुनले समर्थकहरुलाई जन्म दिनको उपहार स्वरूप आफ्नो मुख्य अभिनय रहेको बहुप्रतिक्षित फिल्म पुष्पा २: द रुल’ को टिजर सार्वजनिक गरेका छन् ।

४२ औँ जन्मदिन मनाइरहेका अर्जुनले लामो समयदेखि प्रतीक्षामा रहेका फ्यानहरूलाई यस्तो उपहार दिएका छन् । टिजरमा अल्लुले काली माताको ‘गेटअप’ देखिएका छन् ।

६८ सेकेन्डको टिजरमा उनको पात्र डरलाग्दो देखिन्छ । अल्लुले साडी लगाएकी छन् भने हातमा त्रिशूल लिएका छन् । यो सम्पूर्ण दृश्य कुनै धार्मिक घटनाको जस्तो देखिन्छ ।

पहिलो भागमा रक्त चन्दनको तस्करीबाट उदाएका पुष्पाले दोस्रो भागमा आफ्नो क्षेत्रमा राज गर्ने बताइएको छ । आफ्ना शत्रुलाई सधैँका लागि नाश गर्न उनलाई कालीको गेटअपमा देखाइएको निर्माण पक्षले संकेत गरेको छ ।

 हेर्नुहोस् टिजर :

करिब एक वर्षअघि ‘पुष्पा २’ को फर्स्ट लुक भिडियो सार्वजनिक भएको थियो । जसमा पुष्पा तिरुपति जेलबाट भागेर जंगलमा लुकेको देखाइएको थियो । उनी प्रहरीको गोलीबाट घाइते गम्भीर घाइते हुनसक्ने आशंका गरेको देखाइएको थियो ।

प्रहरीले जेलबाट भाग्दा पुष्पाले लगाएको लुगामा आठ गोली लगेको भेटे पनि पुष्पालाई भेटेको थिएन । सो भिडियोमा पुष्पालाई मार्ने षड्यन्त्र रचिएको भन्दै उनका समर्थकहरूले प्रहरी र सरकारको विरोध गरिरहेका देखाइएको थियो । उनी विदेश फरार भएको आशंकासमेत फैलिएको भिडियोमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ४७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र