कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना | Khabarhub Khabarhub

कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज राती भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

 

 

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : २७ बजे

रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्ना सभापति रवि लामिछानेलाई प्रहरीले

सरकारले पञ्चायतको जस्तो व्यवहार गर्‍यो : विराजभक्त श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले पञ्चायको

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु

बर्मिङ्घम – अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन)

नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए

काठमाडौं- दक्षिण भारतीय फिल्म ‘ज्याक’को टोली छायांकनका लागि करिब एक