कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै « Khabarhub

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एमालेका यामलाल कँडेलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् । कर्णाली सरकारको मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आजसम्मको समय दिएका थिए ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ५ः५० बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन राजीनामा दिएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना सदस्यको समर्थन आवश्यक पर्दछ । जसका लागि नेकपा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ५० बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य