सन्यास तोडेका आमिर र वासिम पाकिस्तानी टी-२० टिममा सामेल  « Khabarhub

सन्यास तोडेका आमिर र वासिम पाकिस्तानी टी-२० टिममा सामेल 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ । 

पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी- २० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ । 

पाकिस्तानको टिममा बाबर आजम (कप्तान), अब्रार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, मोहमद अब्बास अफ्रिदी,  मोहमद रिजवान,  मोहमद आमिर, मोहमद इरफान खान, नसीम शाह,  सैम आयुब, शदाब खान, शाहीन शाह अफ्रिदी, उसमा मिर, उसमान खान र जमान खान रहेका छन् ।   

पाकिस्तानको टिममा फर्किएका आमिरले केही दिन अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गर्दै टी-२० टिममा छनोटका लागि आफु उपलब्ध हुने बताएका थिए ।

यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । 

त्यस्तै यस अघि इमाद वासिमले पनि केहिदिन अघि आफ्नो सन्यास तोडेर टी-२० टिममा उपलब्ध हुने बताएका थिए । उनले इस्लामाबाद युनाइटेडलाई यस सिजनको पीएसएल च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ४७ बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर