अर्थ समाचार : यारी भन्सारबाट तीन गुणा बढी राजस्व संकलन, ४१५ को सामान किन्दा १० लाख पुरस्कार र एआईमा कोरियाको १६ अर्ब डलर लगानी « Khabarhub

अर्थ समाचार : यारी भन्सारबाट तीन गुणा बढी राजस्व संकलन, ४१५ को सामान किन्दा १० लाख पुरस्कार र एआईमा कोरियाको १६ अर्ब डलर लगानी


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले कर्मचारी अभाव, कमजोर सञ्चार तथा इन्टरनेट सेवा र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त आर्थिक वर्षमा ६ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १९ लाख ६ हजार रुपैयाँ सङ्कलन गरेको हो । यो लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी हो ।

यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा ६ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । हालसम्म २ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको उनले जानकारी दिए ।

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइँदै

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।

जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल भएका छन् ।

उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए । त्यस्तै अन्य १५ जनाले रु एक/एक लाख पुरस्कार जितेका छन् ।

दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी

दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ ।

सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ । त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ ।

एआई प्रविधिको विस्तारसँगै मेमोरी चिपको माग बढिरहेका बेला दक्षिण कोरियाले यो क्षेत्रमा लगानी बढाउन लागेको हो । सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका प्रमुख मेमोरी चिप उत्पादक कम्पनी हुन् ।

सन् २०२७ को कुल बजेट ८२१ खर्ब वन प्रस्ताव गरिएको छ र यो चालु वर्षभन्दा १२.८ प्रतिशत बढी हो । यो देशकै ठूलो बजेट प्रस्ताव हो ।

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर : नमुना परियोजना बनाउने सरकारको तयारी

आरुघाटमा नेपाली सेनाबाट बेलिब्रिज निर्माण (तस्बिर)

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : १४ बजे

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति