चार प्रदेशसहित पहाडी भूभागमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

चार प्रदेशसहित पहाडी भूभागमा वर्षाको सम्भावना


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै अन्य केही भागका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ५ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : २१ बजे

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर