गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ   « Khabarhub

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ  


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध रिटको पेसीमा आज सुनुवाइ हुने भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजलाई पेसी तोकिएको हो ।

पाण्डेले हिजो दायर गरेको रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर गर्न माग गरेका छन् । मुख्यमन्त्री अधिकारीले तटस्थ व्यक्ति सभामुखलाई समेत जोडेर बहुमत पुगेको दाबी गर्नु असंवैधानिक भएको रिटमा उल्लेख छ ।

अधिकारीले जालझेल गरी असंवैधानिक तवरले दाबी पत्र पेश गरेकाले उनलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ ।

एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको अधिकारीको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सभामुखले मतदानको अवस्थामा बराबरी भएको खण्डमा बाहेक कुनै पनि प्रक्रियामा पक्ष–विपक्षमा मत जाहेर वा समर्थन गर्न पाउँदैनन् ।

      

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु