तनहुँमा सातवटा पक्की पुल तयार « Khabarhub

तनहुँमा सातवटा पक्की पुल तयार


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा पाँच र चालु आर्थिक वर्षमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिए ।

निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा तीन करोड २६ लाख २१ हजार खर्च भएको छ ।

चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।

गत आवमा ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा ५० लाखमा पुल बनेका हुन् ।

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा चार करोडको लागतमा पुल निर्माणाधीन छ ।

शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा ५० लाखको लागतमा पुल बनिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : २० बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब