साम्राज्ञीलाई सारी लगाउनै झण्झट ? « Khabarhub

साम्राज्ञीलाई सारी लगाउनै झण्झट ?


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । केही हप्तायता उनी फिल्मका कारणले भन्दा पनि व्यक्तिगत कारणले चर्चामा थिइन् ।

अहिले भने साम्राज्ञी फिल्ममय बनेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘मारुनी’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी एक प्रेमिकाका रुपमा देखिनेछिन् । योसँगै दशैँमा रिलिज हुने भनिएको चलचित्र ‘रातो टीका निधारमा’ मा पनि उनलाई देख्न सकिनेछ ।

बिहीबार राजधानीमा चलचित्र ‘रातो टीका निधारमा’ फिल्मको गीत रिलिज कार्यक्रममा थियो । कार्यक्रममा साम्राज्ञी हरियो सारीमा सजिएर आएकी थिइन् । त्यसैले पनि होला, धेरैको ध्यान उनको पहिरनमा गएको थियो ।

कार्यक्रम हुँदै गर्दा साम्राज्ञीलाई सोधियो – सारीमा हिँड्दा कत्तिको सहज महसुस गरिरहनुभएको छ?

साम्राज्ञीले भने आफूलाई सारी लगाउँदा असहज हुने गरेको बताइन् । उनले भनिन्, ‘सारी लाउँदा राम्री देखिन्छ तर असहज महसूस हुन्छ, हिल लगाएर हिँड्दा झनै गाह्रो हुन्छ ।’

साम्राज्ञीलाई प्रायः बोल्ड रुपमा देखिन्छ । उनले यही लूकमा आफूलाई सहज हुने बताइन् ।

साम्राज्ञी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । छानेर मात्र फिल्म खेल्ने बताउने साम्राज्ञीले ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवैको भूमिका राम्रो लागेकाले फिल्ममा अभिनय गर्न राजी भएको बताइन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : ४६ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद