स्रोत नखुलेको ४१ लाख ८५ हजार रुपैयाँ सहित दुई जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ४१ लाख ८५ हजार रुपैयाँ सहित दुई जना पक्राउ


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलले स्रोत नखुलेको ४१ लाख ८५ हजार २ सय ८७ रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी वलको नेपाल गुल्म हेड्क्वार्टरको रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको टोलीले चेकजाँचका क्रममा रुपन्देहीको डण्डाबाट रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्रका अनुसार पक्राउ पर्नेमा गुल्मी रुपाकोटका चन्द्रकान्त पौडेल र भारतमा घर बताउने सोमै धवल छन् । सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त रकम बरामद् भएको हो ।

उनीहरुलाई सोधखोज गर्दा बरामद रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ७ : ३३ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा