काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना « Khabarhub

काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तिब्बत– तिब्बतमा चीनले निर्माण गरिरहेको काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना शुरु भएको छ ।

तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि डा. छेवाङ ग्याल्पो आर्यले दिर्चु नदीमा चीनले बनाइरहेको बाँधले पर्यावरणमा असर पर्ने भन्दै विरोध गरेका हुन् ।

चीनले दिर्चु नदीमा ११ लाख किलोवाट जलविद्युत परियोजनाका लागि बाँध निर्माण गरिरहेको छ । यस बाँधले सो क्षेत्र आसपास रहेको पर्यावरण र ६ वटा ऐतिहासिक एवम् सांस्कृतिक महत्वका गुम्बामा असर पर्ने जोखिम रहेको जनाइएको छ ।

उक्त बाँध निर्माणका लागि सो परियोजना निर्माण स्थल नजिकै पर्ने माथिल्लो वोन्तो र शिपा गाउँका हजारौँ मानिसहरू विस्थापित हुने जोखिम पनि रहेको जापान फरवार्डले उल्लेख गरेको छ ।

यससँगै सो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको परम्परागत जीवनशैलीमा पनि नकारात्मक असर पर्ने डा. आर्यले उल्लेख गरेका छन् ।

जापान फरवार्डसँगको कुराकानीमा उनले यसलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले चासो राख्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : २६ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र